काेराेनाबाट मृत्युभएकाकाे शव देवघाट नजिक जङ्गलमा ब्यवस्थापन

चितवन समाचार डटकम , २७ जेठ । काेराेना संक्रमणबाट ज्यान गुमाएका भरतपुर -११ का ६८ बर्षिय पुरुषकाे देवघाट नजिकै बागेश्वरी जङ्गलमा दाहसंस्कार गरिएको छ ।

नेपाली सेनाकाे भरतपुर स्थित कालिवहादुर गणबाट खटिएको सेनाकाे टाेलीले शव ब्यवस्थापन गरेकाे हाे। परिवारजनकाे उपस्थितिमा जातिय परम्परा अनुसार खाल्डो खनि गाडेर शवकाे ब्यवस्थापन गरिएको जनाईएकाे छ । काेराेना संक्रमणकाे जाेखिम हुने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताकालागि शव ब्यवस्थापनकाे जिम्मेवारी सेनालाई दिईएकाे हाे ।

फोटो सुमन गैरे

शेयर गरौ

ताजा अपडेट