भरतपुर -११ मा घर बाहिर निस्कन राेक

चितवन समाचार डटकम, जेठ २७ ।
काेराेना संक्रमणले स्थानीय एकजनाकाे ज्यान गएपछि भरतपुर महानगरपालिका वडा नम्बर ११ ले जेठ मसान्तसम्म घर बाहिर निस्कन वडावासिलाई राेक लगाएको छ । वडाअध्यक्ष बाबुराम अधिकारीले अाज एक सुचना जारी गरि वडामै संक्रमण देखिएकाले जथाभावी घरवाहिर निस्कन, खेल खेल्न , हिडडुल गर्न राेक लगाईएकाे जनाउनुभएकाे छ । यस अबधिमा दैनिक उपभाेग्य सामाग्री खरिदबिक्री गर्दा सामाजिक दुरिमा अनिवार्य रहन सुचनामा भनिएको छ । वडा नं ११ का ६८ बर्षिय पुरुषकाे काेराेना संक्रमणका कारण अाज बिहान ज्यान गएको थियाे ।

ताजा अपडेट