नारायणी सामुदायिक अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी क्वारेनटाइनमा

चितवन, २७ जेठ । नारायणी सामुदायिक अस्पताल भरतपुरको आइसीयुमा उपचार गराएका विरामीलाई कोरोना लागेपछि चिकित्सकसहित स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा बसेका छन् ।
मुटु रोगबाट पीडित व्यक्ति अस्पतालमा भर्ना भएर उपचार गराउदा कोरोना लागेको पुष्टी भएपछि उनको मंगलबार विहान मृत्यु भएको थियो । उनको उपचारमा सम्लग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीहरु क्वारेनटाइनमा बसेको नारायणी सामुदायिक अस्पतालका निर्देशक डाक्टर भक्तमान श्रेष्ठले जानकारी दिनु भयो ।
भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय जेष्ठ नागरिक मुटु रोगका कारण पीडित भएपछि नियमित परीक्षणका क्रममा अस्पताल पुगेका थिए । शुक्रबार गएका उनमा फोक्सोको पनि समस्या देखिएपछि कोरोना परीक्षणका लागि स्वाब पठाउदा कोरोना लागेको सोमबार पुष्टी भएको थियो । कोरोना लागेको पुष्टी भएलगतै बेलुका उनलाई भरतपुर अस्पताल पठाइएको थियो ।
गम्भिर विरामीलाई आइसीयुबाट उठाएर सरकारी अस्पतालमा पठाएको भन्दै जनमानसमा आलोचना भइराखेको छ ।
आइसीयुमा राखेर उपचार गराइएका ती व्यक्तिसहित अन्य ५ जना पनि आइसियुमा उपचाररत थिए । कोरोना पुष्टी भएपछि साँझनै भरतपुर अस्पतालमा लगेपछि नारायणी अस्पतालको आइसीयु कक्षलाई थप व्यवस्थित गरी त्यहाँ रहेका विरामीको उपचार भइराखेको निर्देशक डाक्टर श्रेष्ठले जानकारी दिनु भयो ।
थप संक्रमण फैलन नदिने उपाय अपनाएर आइसीयुमा रहेका विरामीको उपचार गराएका छौ । त्यहाँ उपचारमा खटिएका चिकित्सक सहित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा वसेका छन् श्रेष्ठले भन्नु भयो ।

शेयर गरौ

ताजा अपडेट