भरतपुरका एकजना काेराेना संक्रमितकाे मृत्यु

चितवन समाचार डटकम, २७ जेठ ।
भरतपुरमा देखिएका काेराेना संक्रमित मध्य आज बिहान एकजनाकाे मृत्यु भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षिय पुरुषकाे आज बिहान ७ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्राेतले चितवन समाचार डटकमलाई बतायो । शव अहिलेे भरतपुर अस्पताल राखिएको छ। उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । काेेराेेना पुष्टि भए पछि हिजाे सांझ भरतपुर अस्पताल सारिएको थियाे ।

ताजा अपडेट