चितवन,२९ माघ :
चितवनको पर्यटकिय नगरी सौराहामा “द शिवस् सो २०७५” सम्पन्न भएको छ ।
अपाङ्ग कलाकारको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको हो । देश भित्रका मौलिक गित तथा नृत्यहरुको साथ राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुको जमघटका साथमा विभिन्न प्रस्तुती प्रस्तुत गरिएको थियो । नेपाली लोक गित संगित क्षेत्रका चर्चित एवम् पुराना निर्देशक शिव वि.कले कार्यक्रमको आयोजना गर्नुभएको हो ।
२०७२ सालको महा भुकम्पमा आफ्नो दुबै खुट्टा गुमाएका दैलेख निवासी २१ बर्षिय कलाकार रमेश खत्री र सानो उमेरमा घरमा आगोले जलेर आफ्नो एउटा खुट्टा गुमाएकी २५ वर्षकी दाङ्गकी मिना पुन मगरलाई आर्थिक सहयोग गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
निर्देशक वि.कले भन्नुभयो,“ यस कार्यक्रमबाट उठेको ५० प्रतिसत रकम अपाङ्ग कलाकारहरु रमेश खत्री र मिना पुन मगरलाई प्रदान गरिने छ ।” कार्यक्रममा कलाकारहरु मिलन लामा, भुवन प्यासी, जाहान्वी स्मृति शाही , उषा लामा, दिपाशाा बि.सी, अमित रसाईली, रमेश खत्री, मिना पुन मगर साथै बाल कलाकार उसिका बि.क र उर्वशी बि.क लगायतका कलाकारहरु रहेका थिए ।
चितवन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान प्रमुख अतिथि रहेको कार्यक्रममा सुन चाँदी व्यवसायी अर्जुन रसाईली विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा राजेन्द्र श्रेष्ठ,दिनेश पाण्डे, जनक थपलिया, रविन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । निर्देशक शिव वि.कको अध्यक्षतामा सम्पन्न कार्यक्रम मनोज पन्तले संचालन गर्नुभएको थियो ।
निर्देशक शिव वि.कले निर्देशन गरेको “सालको पात टपरी हुनी” बोलको गित पछिल्लो समय चर्चित रहेको छ । कार्यक्रममा अमेरिकाबाट कृष्ण सुनारले रु २५०००,सालकाे पात टपरी हुनिका गितकार नवराज पन्तबाट रु २०००० साथै पाेखराका कृष्ण बिरही बि.कले रु २०००० सहयाेग रकम प्रदान गरेकाे अायाेजकले जनाएको छ ।