आइसियुमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, २४ जेठ । भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका चितवन माडीका २७ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले उपचारकै क्रममा आइसीयूमा निधन भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भयो।

भारतबाट आएर माडीकै क्वारेन्टिनमा बसेका ती युवकको आज विहान साढे १० बजे मृत्यु भएको थियो ।

ती युवकमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट