कोरोना भाइरसबाट फेरि एक जनाको ज्यान गयो :मृत्यु हुने १२ पुग्यो

सुर्खेत, २४ जेठ । नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ ।

डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

कोरोनाबाट मृत्यु भएका ५८ वर्षीय पुरुष जेठ १८ गते नेपालगञ्ज–सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

क्वारेन्टिनबाट फर्केका उनको २० गते मृत्यु भयो । उनी लामो समयदेखि दम रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट