चितवन समाचार डटकम ।
२२ जेठ । विद्यालय खुल्ने निश्चित नभएपछि चितवनका सरकारी निजी दुवै विद्यालयले अनलाइन कक्षा चलाउन थालेका छन् ।
लामोसमय लकडाउन भएपछि विद्यार्थीमा नकरात्कम प्रभाव पर्ने अध्ययनमा ध्यान नजाने भन्ने चिन्ताले जिल्लाका सरकारी र जिनी दुवै विद्यालयमा अनलाइन कक्षा सुरु भएको छ ।
विद्यार्थीलाई विद्यालयमा ल्याउन नसकेपछि इन्टरनेटको पहुँचमा भएकाहरुलाई अनलाइन कक्षा चलाइराखेको हो । अनलाइन कक्षा सञ्चालन गर्नेमा निजि विद्यालयहरुको सख्या धेरै रहेको छ । निजि विद्यालयहरुको सस्था प्याव्सन चितवनका सचिव मोहन लामाले भन्नु भयो ‘जिल्लाका ५० प्रतिशत भन्दा धेरै विद्यालयले अनलाइनबाट विद्यार्थीलाई पढाइराखेका छन् ।’
घरमा मोवाइल, टिभी हेर्ने र अन्य गतिविधिमा लाग्ने भन्दा अनलाइनबाट पढाइ गर्दा अध्ययनमा निरन्तरता आउने देखिएको छ । विद्यालयमा नजाने स्वअध्ययन नगर्ने भएपछि पढाइ प्रति ध्यान टुट्न नदिनको लागि पनि अनलाइन पढाएको लामाले बताउनु भयो ।
अभिभावकबाट पनि सकरात्मक प्रतिक्रिया आएको उहाँको भनाइ छ । जिल्लामा एकसय ५० भन्दा धेरै निजि विद्यालयहरु छन् । उहाँका अनुसार बिहान वेलुका र दिउसो गरी विद्यालयले आफ्नो अनुकलतामा हरेक दिन कक्षा सञ्चालन गरेको लामाले जानकारी दिनु भयो । अनलाइन कक्षाको प्रभावकारिता राम्रो भएको उहाले बताउनु भयो ।
जिल्लाको सातवटा पालिका मध्य माडी नगरपालिका र इच्छाकामना गाउपालिका बाहेक भरतपुर महानगर, कालिका, रत्ननगर, खैरहनी, राप्ती नगरपालिकाको विद्यालयमा अनलाइन कक्षा सञ्चालन भइराखेको उहाले जानकारी दिनु भयो ।
अध्ययन वेगर अन्य क्रियाकलापमा लाग्नेलाई अनलाइन कक्षाले पढ्ने वातावरण वनाएको भरतपुर महानगरपालिका वडा नं. ११ का अभिभावक शंकर अधिकारीले बताउनु भयो ।
लिटिल फ्लावर स्कूल नारायणगढका प्रचार्य रविले ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भएको जानकारी दिनु भयो । दुइहजार भन्दा धेरै विद्यार्थी रहेको यो स्कूलमा कक्षा दुइ देखि १० सम्मको लागि दैनिक चार घण्टा कक्षा सञ्चालन भएको छ । विद्यालयको फेसबुक पेजमा पाठ्य सामग्री राखेको, अनलाइन कक्षामा नोट दिएको, गृहकार्य दिएको, विद्यार्थीले गृउहकार्य गरेको उहाले जानकारी दिनु भयो । खाली बस्नु भन्दा अनलाइन कक्षाबाट विद्यार्थी सन्तसुष्ट भएको प्रचार्य रविले बताउनु भयो ।
नारायणी नमुना माध्यमिक विद्यालयका प्रचार्य पूर्णप्रसाद दवाडीले भन्नु भयो बन्द लामोसमय जाने भएपछि जेठ बाट अनलाइन कक्षा सञ्चालन गरेका छौ । इन्टरनेटको पहुँचमा भएका विद्यार्थीमा अनलाइन कक्षाको प्रभावकारिता राम्रो भएको दवाडीले जानकारी दिनु भयो ।
जिल्लाको मुख्य बजार क्षेत्रमा सामुदायिक विद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेको शिक्षा इकाइ समन्वय समिति चितवनका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनु भयो । अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयले शुल्क नलिने जानकारी दिएका छन् । विद्यार्थी संगठनहरुले बन्द अवधिमा अनलाइनबाट कक्षा चलाएको शुल्क नलिन विद्यालयलाई दवाव दिएका छन् ।
कोरोना रोगको संक्रमणको डर भएपछि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेको छ । त्यो भन्दा एक हप्ता अगाडिबाटै जिल्लाका विद्यालयहरुमा पठनपाठन बन्द गरिएको थियो ।