सुर्खेत, २२ जेठ । भारतबाट आई क्वारेन्टिनमा बसेर घर गएका सुर्खेतका एक युवकको मृत्यु भएको छ ।
सुर्खेतस्थित जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेर घर फर्किएका युवकको मृत्यु भएको हो । पन्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको बिहीबार विहान अचानक घरमै मृत्यु भएको हो ।
यही जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।
उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिए । स्वाब परीक्षणपछि मात्र उनको मृत्युको कारणबारे बताउन सकिने थापाले बताए ।