नेपालमा काेराेनाबाट हालसम्म नाैजनाकाे मृत्यु , संक्रमित २३०० पुगे

२१ जेठ, काठमाडौँ ।
नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका ७६ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
नेपालमा बुधबार एकैदिन २०१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार थप २०१ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ हजार ३ सय पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ । जसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु कुल ६४ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट