सीमा सुरक्षाको माग राख्दै डा. गोविन्द केसीले सुरु गरे दार्चुलामा अनसन

दार्चुला २० जेठ । सीमा सुरक्षालगायत माग राख्दै डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् ।

डा. केसीले सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका हुन् ।

उनि सीमाञ्चल लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँच हुनुपर्नेलगायत माग राख्दै अनसन बसेका ।

त्यस्तै डा. केसीले गण्डकी प्रदेश, डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने र विगतमा आफूसंग भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग पनि डा। केसीले अघि सारेका छन् ।

उनी मंगलबार र बुधबार अनसन बस्नेछन् । यो उनको १८ औं पटकको अनसन हो ।

शेयर गरौ

ताजा अपडेट