दलितले हतियार बनाउन मात्र होइन चलाउन पनि जानेका छन

चितवन, २० जेठ । नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य खेमबहादुर दर्जीले दलित समुदायहरुले हतियार बनाउन जान्ने मात्र होइन चलाउन पनि जानेकोो बताएका छ्न ।

दलित समुदाय कमजोर छ भनेर बुझाई नराख्न चेतावनी दिए । उनले पश्चिम रुकुममा भएको नरसंहारको घटनाको विरोध गर्दै आवश्यक परेपछि जस्तो किसिमको आन्दोलन गर्न दलित समुदाय तयार रहेको बताए ।

सोमबार संयुक्त दलित संघर्ष समिति चितवनले भरतपुरको चौबिसकोटीमा आयोजना गरेको विरोध ¥याली र उज्यालोमा दीप प्रज्वलन कार्यक्रममा मोर्चाका केन्द्रीय सचिवालय सदस्य दर्जीले सो कुरा बताएका हुन् । उनले समुदायमा पटक पटक भएको विभेद र दमन विरुद्ध लकडाउन खुले लगतै दलित समुदायको तागत र शक्ति प्रदर्शन गरेर देखाउने बताए ।

“यो पश्चिम रुकुम नरसंहार सुनियोजित रुपमा घटाइएको घटना हो र जनप्रतिनिधिहरुकै मिलेमतोमा घटना घटेको” नेपाल दलित संघका पूर्व केन्द्रीय उपसभापति डि.बि परियारले आरोप लगाए ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका नेपाल दलित संघ चितवनकी सभापति शान्ति परियारले दलित समुदायको आत्मसम्मान भेरी नदीमा गएर सेलाएको भन्दै साङ्केतिक रुपमा विरोध गरेकी छिन् । “अहिले कोभिड–१९ का कारण विश्व आक्रान्त छ तर यसले न दलित समुदाय भन्यो, न त यसले उपल्लो समुदाय भन्यो” यसले त सम्मान रुपले आफूलाई प्रस्तुत ग¥र्यो तर हामी मानव भएर पनि मानवलाई जातीय दमन र विभेद गरेको कारण सिङ्गो दलित समुदाय सडकमा उत्रिएको सभापति परियारले बताइन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजय कुमार विश्वकर्माले पश्चिम रुकुम नरसंहारको घटनाको सुस्मरुपमा अध्ययन गरी घटनाको छानविन हुदैँन तबसम्म संयुक्त दलित संघर्ष समिति चितवनले आन्दोलन जारी राख्ने बताए । पीडित परिवारलाई जबसम्म न्याय दिलाउन सकिदैँन, तब सम्म विभिन्न किसिमको विरोधका कार्यक्रमहरु गरिराख्ने जानकारी दिए ।

कार्यक्रममा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले गणतन्त्र भएको मूलुकमा २१ औं शताब्दीमा दलित भएकै कारण नरसंहार हुन्छ भने देशमा गणतन्त्र आएको कुनै अर्थ नरहेको बताए ।  त्यस्तै विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले रुकुम पश्चिमका नरसंहारमा मृत्युवरण हुनुभएका सबैलाई साँस्कृतिक शहिद घोषणा गरिनुपर्छ र मृतकहरुको शालिक निर्माण गरिनुपर्ने माग राखेका छन् ।

त्यस्तै घटनाको निश्पक्ष छानविनको माग गर्दै नारायणगढको लायन्सचोकबाट भरतपुरको चौबिसकोटी सम्म उज्यालोमा लालटिन बालेर विरोध र्याली निस्किएको थियो भने मृतकहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण समेत गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट