चितवन समाचार डट कम, १९ जेठ ।
कानुन न्याय तथा मानवअधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पाेखरेलले रुकुम चाैरहजारी घटनाका दाेषिलाई कडा कारबाहीकाे माग गर्नुभएको छ ।
संसद बैठकमा बाेल्दै सांसद पाेखरेलले उक्त घटनाले सबै नेपालीलाई पीडा र लज्जाबाेध भएको उल्लेख गर्नुभयाे । “घटनाकाे निश्पक्ष छानवीन गरि दाेषिलाई कडा भन्दा सजाय हाेस् ।
२१अाैं शताब्दीमा आईपुग्दा समेत जातिपातिका अाधारमा बिबाह हुने नहुने र त्यसको आधारमा सामुहिक ज्यान जाने घटना मानवता बिरुद्धकाे अपराध हाे ।” पाेखरेलले भन्नुभयो । जातिय विभेद गर्न नपाईने सुस्पष्ट कानुनी ब्यवस्था रहेपनि त्रुटिपूर्ण सामाजिक मान्यताका कारण समस्या नहटेकाे जिकिर गर्दै उहाँले यस सन्दर्भमा राज्य थप कठाेर बन्नुपर्ने संकेत गर्नुभयो । “हरेक घटना मिलाउने होइन, दण्डको कठघरामा उभ्याउने अभियान दुई वर्ष सम्म चाल्यौ भने बल्ल सदाको लागी अन्त्य हुन सक्छ ।” उहाले भन्नुभयो ।
विभेद गर्नेलाई अनिवार्य कडा कानुनी सजायकाे अभियान चलाउन र दलित महिला सदस्यकाे संयाेजकत्वमा गाउँ गाउँमा पारालिगल कमिटी गठन गर्न सांसद पाेखरेलले माग समेत गर्नुभएको छ ।
