चितवन, १८ जेठ । रूकुम पश्चिमको नरसंहारको विरूद्धमा र घटनाको निष्पक्ष छानविनको माग सहित नेशनल पिपुल्स फोर्स सडकमा उत्रिएको छ ।
आईतबार लायन्सचोक देखि चौबिसकोटी सम्म ब्यानर सहित शान्ति पूर्ण विरोध र्याली निकालिएको र घटनाको मृतकहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको फोर्सका संयोजक अमृत सदाशंकरले जानकारी दिए ।
जबसम्म रूकुम पश्चिममा भएको घटनाको निश्पक्ष छानविन र दोषीलाई कारवाही हुँदैन, तबसम्म आन्दोलन गरिरहने फोर्सका संयोजक सदाशंकरले बताए ।