नेपालमा आज १६६ जनालाई काेराेना पुष्टि, संक्रमितकाे संख्या १५६७ पुग्याे

१८ जेठ, काठमाडौँ ।
४ महिने बालिकासहित आइतबार एकैदिन १६६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबार थप १६६ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५६७ पुगेकाे छ । जसमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निकाे भएर घर फर्किएका छन् ।

ताजा अपडेट