कोरोनासङगै वर्षाले सुनसान नारायणगढ बजार (फोटो फिचर)

चितवन १८ जेठ । कोरोनाका कारण गत चैत्र ११ गतेदेखि सुनसान बनेको नारायणगढ बजार अत्यावश्यक कामको लागि केही चहलपहल हुँदै आएको थियो  ।

आज बिहानदेखि परेको वर्षाका कारण थप सुनसान बनेको छ । बैंकको काम,  निर्माण सामग्री, खाध सामग्री खरिद गर्नको लागि चहलपहल हुँदै आएको बजारमा आज भने सुनसान देखिएको छ ।

हरेक दिन वृद्धि हुँदै गएको कोरोना संक्रमणको कारणले पनि आम मानिस घर बाहिर निस्कन सकेका छैनन । सरकारले हिजो मात्रै जेठ ३२ गते सम्म लकडाउन कायम गर्ने निर्णय गरेपछि सर्वसाधारण बाहिर निस्केका छैनन ।

आज नारायणगढ बजार क्षेत्रमा देखिएको ताजा अबस्थाको फोटो फिचर ।

शेयर गरौ

ताजा अपडेट