एजेन्सी १७ जेठ । कोरोना संक्रमण निरन्तर बढीरहेको भारतको दिल्लीबाट रुसको मस्कोका लागि उडेको एयर ईन्डियाको बिमानका पाईलटलाई कोरोना संक्रमण भएको पुष्टी भए पछि बीच बाटोबाटै जहाज फिर्ता ल्याईएको छ ।
बिबिसीका अनुसार बिहान जहाज उड्नु अघि सबै ठिकै थियो, जहाज पाईलटले उज्वेकिस्तानसम्म पुर्याएका थिए । तर कोरोना संक्रमण भएको पुष्टी भएलगत्तै दिल्ली कन्ट्रोल रुमबाट फोन गरेर जहाज फिर्ता ल्याउन निर्देशन दिईएको थियो ।
जहाज उड्नु अघि नै पाईलटको कोरोना परीक्षण भएको थियो तर कर्मचारीले गल्ती गरेर पोजेटिभ रिपोर्टलाई नेगेटिभ भनेर पढिदिदा उनीहरुले जहाज उडाएका थिए ।