चितवनमा एकसय एक स्थानमा क्वारेन्टाइन निर्माण : स्वास्थ्य सेवा पहिलो प्राथमिकता

चितवन समाचार डटकम,
१६ जेठ । भारतसहित बाहिरी ठाउँबाट आउनेलाई राख्नको लागि चितवन जिल्लामा एकसय एक स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

सिमावर्ती क्षेत्रबाट नेपाल आएकाहरुलाई जिल्लाका सम्वन्धीत पालिकाको वडामा क्वारेन्टाइन निर्माण गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले भन्नु भयो जिल्लाका सातवटै पालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ । उहाका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको वडाहरुमा क्वारेन्टाइन निर्माण कार्य भइराखेको छ ।

अधिकाँस स्थानमा विद्यालयको भवनलाई क्वारेन्टाइन स्थल बनाइएको छ । विद्यालय बाहेक मन्दिर र सार्वजनिक भवनलाई पनि प्रयोग गरिएको छ । गएको एक हप्तामा भारत सहित अन्य स्थानबाट आएका तीनसय भन्दा धेरैजना जिल्लाका विभिन्न स्थानको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइन निर्माण गर्दा सम्वन्धीत वडा अध्यक्ष, स्वास्थ्य सस्था, विद्यालय व्यवस्थापन समिति, सुरक्षा निकायका प्रतिनिधि सहभागी भएको समिति निर्माण गरिएको छ ।

क्वारेन्टाइनमा हुनु पर्ने न्यूनतम व्यवस्थामा शौचालय र सरसफाइ, दुरी कायम, बत्ती, खानेपानी, झुल, माक्स, स्यानिटाइजर, सुरक्षा, दैनिक एकपटक स्वास्थ्य परीक्षण, खाना, खाजाको व्यवस्था र आचारसंहिताको पालनालाई कडाइका साथ पालना गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहितको टोलीले शुक्रबार क्वारेन्टाइनको अनुगमन गरेको छ । अनुगमनबाट मापदण्ड पुरा गरेको पाइएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिनु भयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नु भयो ‘महानगरमा मात्रै तीनसय ५५ वेड सख्या निर्माण भइसकेको छ । २९ वटा वडा रहेको महानगरमा वडा नं. २९ मा भने क्वारेन्टाइन निर्माणको क्रममा रहेको उहाले जानकारी दिनु भयो । उहाका अनुसार क्वारेन्टाइनमा बस्नेहरुलाई स्वास्थ्य परीक्षण, शौचालय, पानी, मास्कलगायतको व्यवस्था, पौष्टिकखानाको व्यवस्था मिलाएको जानकारी दिनु भयो ।

भरतपुर महानगरपालिका वडा नं. ११ का अध्यक्ष बाबुराम अधिकारीले भन्नु भयो ‘क्वारेन्टाइनमा बस्नेहरुको लागि विहान योगा, सुरक्षा व्यवस्था, मासुसहितको खाना, दुरी कामय, स्वास्थ्य सामग्रीको उपलब्धता मिलाइएको छ ।’

भरतपुर महानगरपालिकामा अहिले एकसय ८७ जना क्वारेन्टाइनमा बसेका छन् भने ३४ जना फिर्ता भएका छन् । ३८ जना भने होमक्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमणको सख्या वृद्धि हुन थालेपछि कडाइका साथ लकडाउन पालना गर्न लगाइएको छ । भारत र अन्य स्थानबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण गराएर मात्र जान दिएको छ ।

शेयर गरौ

ताजा अपडेट