नेपालमा एकै दिन १७० जनामा कोरोना संक्रमण : कुल संक्रमित १२ सय १२ पुग्यो

 

काठमाडौँ १६ जेठ । शुक्रबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप १७० जनामा संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १२१२ पुगेको छ । हालसम्म ६ जनाको मृत्यु भएको छ भने २०६ जना निको भएर घर फर्किएका छन् ।

शेयर गरौ

ताजा अपडेट