एकै दिन रौतहटमा ५६ जना कोरोना संक्रमित : जिल्लामा संक्रमितको सख्या १८१ पुग्यो

रौतहट, १६ जेठ । रौतहटमा आज (शुक्रबार) एकै दिन थप ५६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

रौतहटमा आज एकै दिन ५६ जनामा कोरोना संक्रमण फेला परेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरेका छन् ।

राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको प्रजिअ घिमिरेले जनाएका छन् । योसँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रजिअ घिमिरेले बताएका छन् ।

ताजा अपडेट