वेरोजगारी समाधान गर्न यसो गरौ

निर्देशन त्रिपाठी

अहिले कोरोना भाइरस कोबिड १९ ले गर्दा बिश्व निकै आक्रान्त भैरहेको अवस्था छ । त्यस मध्य नेपाल पनि अछुतो रहेन । अहिले लाखौको रोजगार प्रभावित बनिरहेको अवस्था छ भने लाखौ ब्यक्तिको रोजिरोटी गुमेको अवस्था छ । लाखौ नेपाली युवा  वैदेशिक रोजगारीमा रहेका छन ती सबै  नेपाल फर्कने अवस्था छ । सरकारले यस विषयमा ध्यान दिन जरुरी छ । नि सबै युवाहरुको ज्ञान सीप दक्षता अनुसार रोजगारी दिन सक्नुनै आजको आबश्यकता हो ।

आजको नेपालको आर्थिक विकाशको एउटा खम्बा भनेको उद्यमशीलता को नै हो । आजको २१ औ शताब्दीमा पनि अब हरेक युवा उद्यमि बन्न्नु पर्दछ र सरकारले पनि सक्दो सहयोग गर्नुपर्दछ । अर्काको जागीर खाने भन्दा पनि आफुले केही गर्ने मानसिकतामा अब नेपाली युवामा हुनुपर्दछ । आफ्नो ज्ञान सीप दक्षता जोस जागर यहि धर्तिमा खन्याउनु पर्दछ। उद्यमि बन्न चाहने युबाले हरेक कुरा ध्यान दिएर अगाडी बढ्नुपर्ने देखिन्छ र प्रदेश सरकार र स्थानिय सरकारले पनि यस विषयमा  ध्यान केन्द्रित गर्न जरुरी छ ।

आज विश्व अर्थतन्त्र जोखिम भएको बेला र नेपालको पनि आर्थिक अवस्था धरासायी बनेको अवस्थामा अब यहि बिन्दुबाट सुरु गरियो भने केही न केही परिणाम देखिन्छ । यस कार्यक्रमको लागि विभिन्न निकायको पनि कामकारबाही देखिन्छ चाहे राष्ट्रिय  युवा परिषद होस या युवा मन्त्रीलाई होस या अरु । अब यस विषयमा सबैले ध्यान दिनुपर्दछ र मैले यति वर्ष युद्द गरे मैले यो पद पाउनुपर्छ मैले यति वर्ष यो गरे तेसैले मैले यो पद लिनुपर्छ भन्ने मानसिकताबाट अगाडी बडियो भने देश पुन पुरानै शैलीमा फर्कन्छ र अगाडी बढ्न सक्दैन । अब युवाको सीप ज्ञान दक्षताको आधारमा अगाडि बढाइनुपर्दछ ।

१) पुजिको ब्यबस्थापन = हरेक युवालाइ ब्यवसाय सुरुगर्दा seed money अर्थात बीउ पुजिको ब्यबस्था गरिनुपर्दछ । त्यो पनि नसके सरल ऋणको ब्यबस्था गर्नुपर्दछ । हाम्रो घर गाउमा चलेको चलन थियो बाख्री दिने त्यसबाट जन्मेको एउटा पाठा वा पाठी चाहिँ फिर्ता दिनुपर्ने त्यस् अनुसार कार्यक्रम ल्याइनुपर्दछ ।

अनुदानको हकमा कि सिदै प्रत्यक्ष सम्बन्धित निकायकोमा पुग्नु पर्दछ जस्तै सामाजिक सुरक्षा भत्ता जस्तै हैन भने अनुदान पुरै बन्द गरिनुपर्दछ । भन्नुको तात्पर्य ब्यवसाय गरिसकेपछि उसको नाफाबाट कमायको पहिलाको पुजि फिर्ता गरिनुपर्दछ । आजको नेपालको उद्यमशीलताको समस्या भनेको पुजिको हैन सोचको कमि हो । अब हरेक स्थानिय तहले fund तयार गरि हरेक वडामा १० -२० जनालाइ पुग्ने गरि उद्यम गर्ने ब्यक्तिलाई पुजिको ब्यबस्थापन गर्नुपर्दछ । सोचको कमि नगरौ स्रोत आफै छ ।
२) Idea बैंक स्थापना = अब सरकारले युवा उद्यमशीलताको लागि idea बैंक को स्थापना गर्नुपर्दछ र त्यसलाइ ब्यबहारिक रुपमा लागु गर्नुपर्दछ । देशको हरेक कुना र काप्चामा रहेका नया सोच innovation लाई ल्याइ बैंक स्थापना गरि त्यसलाइ आबश्यकता पुजि र जनशक्ति स्थापना गरिनुपर्दछ ।

३) ब्यबसाय र जग्गाको वर्गीकरण = उद्यमशीलताको लागी ब्यबसायको र ठाउको वर्गीकरण हुन जरुरी छ । जस्तै उद्योगमा सम्भावना भएका ठाउमा उद्योग संचालन र स्थापना गरिनुपर्दछ । जस्तै हेटौंडालाई औद्योगिक छेत्र बनाइएको छ । बागमती प्रदेश फलाम खानीको सम्भावना छ । सिमेन्ट उत्पादनको लागि चुनढुङा पनि यहि छ । जडिबुटी जल्लस्रोत गिट्टी बालुवा पनि यहि छ । काभ्रे धादिङ र मकवानपुरको तरकारी बाहिर पठाउन सकिन्छ् । सिन्धुपाल्चोक चितवन काभ्रे पोखरा पर्यटकिय हिसाबले महत्वपूर्ण छ । यसलाइ कानुननै बनाएर दुरगामी प्रभाव पार्ने काम गरिनुपर्दछ ।

४) जनशक्ति निर्माण = उद्यमशिलतालाई अगाडि बढाउनुको निम्ति दक्ष जनशक्ति आबश्यक पर्दछ । हामी सग विभिन्न कलेज बिश्वबिद्धालयमा लाखौ विद्यार्थी उत्पादन गर्छौ र बिदेश पलायन गर्छौ । अब हरेक लाई यहि लगाइनुपर्दछ । उद्यमि र सीप विकासका ढाचा हेर्दा हाम्रा अभ्यासहरु हेर्दा पुरानै छन । हामी सग विभिन्न खानी जडिबुटी पर्याप्त छ त्यस्लाइ refine गरेर निर्यात गर्ने जनशक्ति हामी सग छैन । अब प्राबिधिक उत्पादन गरेर आफनै देशमा लगाइ आर्थिक उपजको निम्ति खटाइनुपर्दछ । अब बिदेशबाट फर्किएका युबाको सीप ज्ञान दक्ष्ताको वर्गीकरण गरि उनिहरुलाइ यहि ब्यबसायमा लगाइनुपर्दछ । हामिसग हरेक वैदेशिक युबाको सीप तालिमको आधिकारिक सुचना र प्रणाली अझ बिकाश गरेनौ । अब यश बिसयमा ध्यान दिन जरुरी छ ।

५) प्रशासनिक सुधार = जब उद्यमशीलताको लागि युबा प्रशासनभित्र प्रवेश गर्छ त्यस निवेदन प्रक्रिया देखीनै उ ढिला सुस्तीको सिकार बन्छ । उ त्यस बेला देखिनै कमिसनको सिकार बन्छ । उसले आफू सग भएको घर खेत झिटी झाम्टा सबै बेच्नुपर्ने हुन्छ । जबसम्म्न यश प्रक्रिया सुध्रिदैन तबसम्मन युबा उद्यमशीलता बिकाश सम्भब छैन । उसले पाउनु पर्ने सेब सुबिधा आबश्यक कागजात प्रक्रियामा ढिलासुस्ती हुने काम नगरिदिने र मानसिक पीडा उसमा पर्दछ ।

६) Research & development = आजको देशको मुख्य आबश्यकता भनेकै खोज र अनुसन्धान हो । जबसम्म्न रिसर्च र innovation मा लगानी गरिदैन तबसम्म्न उद्यमशीलता कठिन छ । हामीकहाँ ठुलो समस्या भनेकै कुनै नया काममा वा ठाउमा लगानी गर्न पर्यो भने त्यसको गहिरो रुपमा अनुसन्धान हुने गरेकैछैन । जसले गर्दा प्रतिफल आउन कठिन भइराखेको छ । नया सोच नया प्रबिधी नया सीप नया तरिका आइ सकेको हुन्छ हामी उहीँ पुरानै तरिका अपनाइरहेको हुन्छौ । त्यसकारण सम्बन्धित निकाय यस विषयमा चनाखो हुन जरुरी छ ।

शेयर गरौ

ताजा अपडेट