चितवन, १५ जेठ । संयुक्त दलित संघर्ष समिति चितवनले अन्तरजातीय विवाहको विषयलाई लिएर यहि जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय अपराधिक घटनाको दोषीलाई कानुनी दायरामा ल्याएर हदै सम्मको कारवाही गर्न माग गरेको छ ।
चितवनमा रहेका विभिन्न पार्टीका दलित जनवर्गीय संगठन, सामजिक संघ संस्थाहरु, पत्रकार, मानवअधिकारकर्मी आदि समेतको संयुक्त दलित संघर्ष समिति, चितवनले यस घटनाको घोर भर्त्सना गरेको छ ।
विज्ञप्तीमा २१ औं शताब्दीको यस घडीमा घटित यस घटनाले संविधान र मानव अधिकारकै उपहास गरेको छ भने विश्व समुदायमा नेपाली समाजलाई लज्जित गरेको उल्लेख गरिएको छ ।
यस नरसंहारले संविधानको धारा २४ वमोजिम छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा १८ वमोजिम समानताको हक, धारा १६ वमोजिम सम्मानपूर्वक वाँच्न पाउने हक, जातीय भेदभाव छुवाछुत (कसुर र सजाय) ऐन २०६८ तथा नेपालका तर्फबाट भएको सबै किसिमका जातीय भेदभाव सम्बन्धी अन्तर्राष्ट्रिय महासंधी १९६५ विपरित साथै अन्तर्राष्ट्रिय कानुनहरुले समेत सवै प्रकारका विभेद दण्डनीय वनाइरहेको परिप्रेक्ष्यमा जातकै कारण सामुहिक हत्या गर्नु र गर्न प्रहोत्सान गर्नु घोर अमानवीय तथा दण्डनीय अपराध रहेको विजप्तीमा उल्लेख गरिएको छ ।
समितिले ज्यान गुमाएकालाई साँस्कृतिक शहीद घोषणा गर्न एवं पीडित परिवारलाई उचित क्षतिपूर्ति, शान्ति सुरक्षा, सम्पूर्ण घाइतको उपचार उपलब्ध गराउन सरकार समक्ष जोडदार माग गरेको छ ।
समितिले जेठ १६ गते भोली शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासन कार्यालय चितवन मार्फत ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गर्ने भएको छ ।
संयुक्त दलित संघर्ष समिति चितवनले बिहिबार जारी गरेको विज्ञप्ती यस्तो छ :
यही मिति २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोती निवासी विर बहादुर मल्ल र प्रकासी मल्लकी छोरी सुष्मा मल्लसंगको अन्तरजातीय प्रेम सम्बन्ध र निज सुष्मा मल्लको आग्रहमा जिल्ला जाजरकोट भेरी न.पा वडा नं. ४ राना गाँउका नवराज वि.क., चौरजहारी -१ का टिकाराम नेपाली, भेरी नपा-११ का लोकेन्द्र सुनार, भेरी नपा—४ का गणेश बुढा मगर, सञ्जु वि.क, गोविन्द शाही लगायतका व्यक्तिहरु निज सुष्मा मल्ललाई लिन गएको अवस्थामा अन्तरजातीय विवाह र जातीय विभेदका कारण स्थानीय वडा अध्यक्ष समेतको अगुवाइमा गाँउलेहरुको कुटाईबाट हालसम्म नवराज विक, टिकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा मगर समेत ४ जनाको हत्या गरिएको र बाँकी गोविन्द शाही र सन्जु सुनारलाई हालसम्म वेपत्ता पारिएको घटनाले सिङ्गो नेपाली समाजलाई आक्रोशित र मर्माहत बनाएको छ ।
एक्काइसौ शताव्दीको यस घडीमा घटित यस घटनाले संविधान र मानव अधिकारकै उपहास गरेको छ भने विश्व समुदायमा नेपाली समाजलाई लज्जित बनाएकोे छ ।
अन्तरजातीय विवाह एवं प्रेम सम्बन्ध राखेकै र दलित भएकै कारण विगतमा काभ्रेका अजित मिजार, सप्तरीका शिवशंकर दास, झापाकी अस्मीता तोलाङ्गे सार्की, तनहुँकी संगिता परियार, सिन्धुपाल्चोककी माया तिरुवा, म्याग्दीकी सविता नेपाल लगायतका दलित युवायुवतीहरुको श्रृङ्खलाबद्ध र सुनियोजित रुपमा गरिएको हत्याका घटनाहरुको न्यायिक निरुपण नभई रहेको अवस्थामा सुनियोजित चौरजहारी हत्या प्रकरणले दलित समुदायमाथि राज्य उदासिन रहेको प्रष्ट भएको छ । यस घटनाको चितवनमा रहेका विभिन्न पार्टीका दलित जनवर्गीय संगठन लगायत अन्य सामजिक संघ सस्थाहरु, पत्रकार, मानवअधिकारकर्मी आदि समेतको संयुक्त दलित संघर्ष समिति, चितवन घोर भत्र्सना गर्दछ ।
उक्त घटनाले संविधानको धारा २४ वमोजिम छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा १८ वमोजिम समानताको हक, धारा १६ वमोजिम सम्मानपुर्वक वाच्न पाउने हक, जातीय भेदभाव छुवाछुत (कसुर र सजाय) ऐन २०६८ तथा नेपालका तर्फबाट भएको सबै किसिमका जातीय भेदभाव सम्बन्धी अन्तर्राष्ट्रिय महासंधी १९६५ विपरित साथै अन्तर्राष्ट्रिय कानुनहरुले समेत सवै प्रकारका विभेद दण्डनीय वनाइरहेको परिप्रेक्ष्यमा जातकै कारण सामुहिक हत्या गर्नु र गर्न प्रहोत्सान गर्नु घोर अमानवीय तथा दण्डनीय अपराध हो ।
उक्त घटनामा ज्यान गुमाएकालाई साँस्कृतिक शहीद घोषणा गर्न एवं पीडित परिवारलाई उचित क्षतिपूर्ति, शान्ति सुरक्षा, सम्पूर्ण घाइतको उपचारं उपलब्ध गराउन सरकार समक्ष जोडदार माग गर्दछौ ।
साथै न्याय, कानून र मानवीय सम्वेदनाको धज्जी उडाउने गरी भएको उक्त पासविक हत्याकाण्डका दोषीहरु माथि निष्पक्ष छानविन गर्न पीडित समुदायको समेत प्रतिनिधित्व हुने गरी उच्च स्तरीय, निष्पक्ष, न्यायिक छानवीन समिति गठन गरी सम्पूर्ण दोषीहरुलाई हदैमम्मको कार्यवाही गरियोस् ।
साथै आगामी दिनमा यस प्रकारका जघन्य घट्नाहरु नदोहोरियोस भन्नका लागि विद्यमान सम्विधानमा संशोधन गरी जातीय विभेदका अपराधीहरु उपर कडा भन्दा कडा कारवाही गर्ने व्यवस्था मिलाइयोस् भन्ने जोडदार माग गर्दछौं ।
संयुक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गर्ने
नेपाल उत्पीडित जातीय मुक्ति समाज, केन्द्रिय सदस्य – चक्र रुचाल
नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय सचिवालय सदस्य – खेम बहादुर दर्जी
समाजवादी दलित मुक्ति महासंघ प्रतिनिधि केन्द्रिय सल्लाहकार तुलाराम विश्वकर्मा
नेपाल उत्पीडित जातीय मुक्ति समाज, चितवन, अध्यक्ष– विजय कुमार विश्वकर्मा
नेपाल दलित संघ, चितवन सभापति – शान्ति परियार
नेपाल दलित मुक्ति मोर्चा चितवन अध्यक्ष – देविराम विश्वकर्मा
दलित वर्ग उत्थान जिल्ला समन्वय समिति चितवन पुर्व अध्यक्ष मीन बहादुर विश्वकर्मा
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ अध्यक्ष – कृष्णबहादुर परियार
विश्वकर्मा सुनचादी व्यवसायी सञ्जाल केन्द्रिय संयोजक – अर्जुन रसाईली
नेपाल सुनचादी व्यवसायी संघ चितवन, अध्यक्ष – टेक बहादुर विश्वकर्मा
राष्ट्रिय दलित पत्रकार संघ चितवन अध्यक्ष – अमिर रामदाम
विश्वकर्मा सेवा समिति चितवन , अध्यक्ष – विपिन रामुदामु
परियार सेवा समाज अध्यक्ष राम बहादुर परियार
नेपाली गुठी समाज चितवन अध्यक्ष – बाबुराम रिमाल
नेपाल दलित साहित्यिक तथा साँस्कृतिक प्रतिष्ठान चितवन, प्रतिनिधि केन्द्रिय सदस्य – किसान प्रेमी
धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च, चितवन अध्यक्ष – भिम प्रसाद वि.क.
दलित समाज सेवा क्लब, फुलवारी, अध्यक्ष– विरेन्द्र राउत
दलित युवा जागरण मञ्च नेपाल अभियन्ता – विकाश विश्वकर्मा
दलित वर्ग उत्थान समन्वय समिति भरतपुर १६ चितवन, अध्यक्ष – सोम बहादुर नेपाली
शिवालय नेपाल गुठी समाज, उपाध्यक्ष – श्याम मालबु