सौराहामा अब आधुनिक सिटी हल निर्माण हुने ः पूर्व अर्थमन्त्री पाण्डे

चितवन समाचार डटकम
२८ माघ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सौराहामा सुविधा सम्पन्न सिटी हल निर्माणको लागि काम शुरु भएको बताउनु भएको छ ।

सौराहाको राप्ती किनारको मैदानमा आजबाट शुरु भएको फुड फेष्टिवलको उद्घाटन गर्दै उहाले सिटी हल निर्माणका लागि डीपीआरको काम भइराखेको जानकारी दिनु भयो । उहाले यो हल निर्माणपछि यहाँको विकासमा ठुलो फड्को मार्ने बताउनु भयो । ‘यहा निर्माण हुने सिटी हल कम्तीमा १५ सय सिट क्षमताको हुने छ, जसले गर्दा अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम यहाँ आयोजना हुने छ ’ नेता पाण्डेले भन्नु भयो । जिल्लाको पूर्वी क्षेत्रमा विकासको गतीले विस्तारै फड्को मार्न थालेको बताउनु भयो ।

आफ्नो क्षेत्रमा बन्ने भौतिक संरचनाको निर्माणमा यहाँका स्थानीयको सहयोग र सुझाव आवश्यक रहेको बताउनु भयो । सौराहादेखि लोथरसम्मको स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास हुने गरी सडक निर्माण भएको बताउनु भयो । यसले गर्दा यहाँ होटल तथा रेष्टुरेन्ट निर्माण गर्न सहज भएको छ । योसंगै निकुञ्जबाट निस्कने जनावरलाई रोक्न, स्थानीयको जीउ धनको सुरक्षाको लागि वस्ती नजिक कंक्रिट वाल निर्माण कार्य शुरु भइराखेको बताउनु भयो । उहाले पूर्वी चितवनका चारवटा नगरपालिकालाई एकीकृत रुपमा सहरी विकास गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा उहाले सौराहा र यसको आसपासमा हुने सास्कृतिक, सांगितिक कार्यक्रमले यहाँको आर्थिक गतिविधिमा सकरात्मक प्रभाव पार्ने बताउनु भयो ।

कार्यक्रममा रात्ननगर नगरपालिकाका प्रमुख नारायण बनले चितवनमा पर्यटकको वसाइ लम्ब्याउने गरी योजना ल्याउनु पर्ने बताउनु भयो । नेपाल आएका विदेशी पर्यटकलाई धेरै दिनसम्म चितवन वसाइ गर्न सके यहाँको विकासमा टेवा पुग्ने बताउनु भयो । सौराहाका होटल व्यवसायी र स्थानीय तह बीच बसेर आउदा दिनमा गर्न सकिने कामको विषयमा छलफल आवश्यक भएको बताउनु भयो । कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीलगायतले निजी सरकारी साझेदारीबाट मात्रै समृद्धि सम्भव हुने बताउनु भएको थियो ।

आजदेखि शुरु भएको १३ औं फुड फेष्टिबलमा विभिन्न खानका परिकारका स्टलहरु राखिएका छन् । प्रेम दिवसको अवसरमा आयोजना हुने फेष्टिबलले आन्तारिक वाह्य पर्यटकलाई यहाँ ल्याउन धेरै मद्दत गर्ने आयोजकले बताएका छन् ।

फेस्टिवलमा विदेशी खानको परिकार समेत राखिएको छ । ५० वटा खानाको स्टल र ५ वटा प्रदर्शनी स्टल रहने छन् । संस्कृति संरक्षणसंगै स्थानीय स्तरमा उपलब्ध हुने खानाको गुणस्तर वृद्धि गर्ने फेस्टिवलकोे अर्को उद्देश्य रहेको फेस्टिवलका संयोजक धुर्व गिरीले बताउनु भयो । फेस्टिवल परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको छ ।

शेयर गरौ

ताजा अपडेट