नाकामा आएकाकाेे चितवनका स्थानीय तहद्वारा उद्दार

चितवन, १३ जेठ ।
चितवनमा स्थानीय तहहरुले भारतीय नाकामा अाएका नागरिकलाई उद्दार गरि ल्याउने काम तीव्र रुपमा अघि बढाएका छन्। अाजमात्रै सिमानाका सुनाैली हुदै अाएका ३० जना चितवनवासिलाइ भरतपुर महानगरकाे अगुवाइ र सहयाेगमा उद्दार गरि ल्याइदै छ। भरतपुर महानगर प्रमुख रेनु दाहालका प्रमुख स्विकिय सचिव गाेपालकृष्ण न्याैपानेका अनुसार अाज ल्याइदै गरिएकाहरुमा २५ जना भरतपुरका र अन्य कालिका,रत्ननगर र राप्ती नगरपालिकाका रहेका छन्। महानगर प्रमुख रेनु दाहालले अाज ल्याइदै गरेका नागरिकलाई वडा स्तरमा तयार गरिएका क्वारेन्टिनमा राखिने र अावश्यक स्वास्थ्य जाँच पछि मात्रै घर पठाइने जानकारि दिनुभयाे।भारतीय सिमामा अाएका नागरिकलाई लिन भरतपुर वडा नं २३ का वडाअध्यक्ष नरिनारायण पाैडेलकाे नेतृत्वमा अाज बिहान एक टाेली त्यसतर्फ प्रस्थान गरेकाे थियाे। केहिदिन अघि माडी नगरपालिकाका मेयर ठाकुर ढकाल अाफै गएर सिमामा अाएका नागरिकलाई ल्याउनु भएको थियाे।। चितवनमा सवै स्थानीय तहमा गरि ९८ वडा रहेकाेमा अधिकांशमा क्वारेन्टिन तयारी रहेकाे र केहिमा बन्ने क्रममा रहेकाे जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

शेयर गरौ

ताजा अपडेट