क्वारेन्टाइनको नियम उल्लंघन गर्दा जेल चलान

काठमाण्डौं १३ जेठ । दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लंघन गरेको मामिलामा पहिलो पटक जेल सजाय सुनाइएको हो । किम नाम गरेका ती युवक क्वारेन्टाइन अवधि पूरा हुनुभन्दा २ दिन पहिले नै आफ्नो घरबाट बाहिर निस्किएका थिए । त्यहाँबाट क्वारेन्टाइन केन्द्र लैजाने क्रममा उनी भाग्ने प्रयास गरेका थिए ।

दक्षिण कोरियाका कैयौं नाइटक्लबमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नीति अपनाउने विषयमाथि विचार गरिरहेको जनाएको छ ।

दक्षिण कोरियामा हालसम्म ११ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार २ सय ७५ जना निको भएका छन् । दक्षिण कोरियामा कोरोना संक्रमणबाट हालसम्म २ सय ६९ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा सरकारले चालेका प्रभावकारी कदमका कारण अहिले संक्रमण नियन्त्रणउन्मुख रहेको बताइएको छ ।

शेयर गरौ

ताजा अपडेट