आइसोलेसनमा रहेकी गर्भवती महिलाको मृत्यु

सप्तरी १३ जेठ । होम आइसोलेसनमा रहेकी सप्तरीकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया ती गर्भवती महिलालाई सोमबार राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।

१० दिन अगाडि नै ती महिलालाई ज्वरो आएको थियो । ज्वरो १००।२ डिग्री आएको र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत जेठ ८ गते राजविरा स्थित डा। विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।
स्वास्थ्य प्रमुख यादवका अनुसार उनलाई पिसाबको संक्रमण यूटीआई भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए ।

२ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि उनको स्वाब लिने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट