सामाजिक सुरक्षा भत्ता कसैलाई पनि कटाैति नगर्न सरकारलाई कानुन समितिकाे निर्देशन

चितवन समाचार डटकम, १२ जेठ ।
संघीय संसदकाे कानुन न्याय तथा मानवअधिकार समितिले असाहय, एकल तथा बिधवा महिला र अपाङ्गता भएका ब्यक्तिहरुलाई बितरण गरिदै आएकाे सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
समितिकाे आज बसेकाे बैठकले यस अनुरुप सामाजिक सुरक्षा ऐन,२०७५ लाई संसाेधन गर्न साे काे संसाेधन बिधेयक संघीय संसदकाे चालू अधिवेशनमा पेश गर्न गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउने निर्णय भएको सभापति कृष्णभक्त पाेखरेलले जानकारी दिनुभयाे ।
यसैगरी समितिले काेराेनाकाे पहिचान गर्नका लागि गरिने पिसिअार परिक्षण समुदाय स्तरसम्म व्यापक रुपमा ब्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुराेध गरेकाे छ ।
काेराेना महामारीको कारणले लकडाउनका समयमा घटेका जातीय विभेद, छुवाछूत बलत्कार , हत्या जस्ता घटनामा समितिले अाफ्नाे ध्यानाकर्षण भएको समेत जनाएको छ ।
घटनाहरूको छानवीन गरि दाेषिउपर कारवाहि अघि बढाउन पनि समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसैगरी देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टाइनकाे विश्व स्वास्थ्य संगठनकाे मापदण्डअनुसार ब्यवस्थित गर्न पनि सरकारलाई अाग्रह गरेकाे छ ।

शेयर गरौ

ताजा अपडेट