११ जेठ, काठमाडाैँ । नेपालमा थप १९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । काठमाडाैँकाे साेह्रखुट्टेमा १ जना, नुवाकाेटकाे ककनीमा १ जना सहित १९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ
आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको हो।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६०३ पुगेकाे छ ।