भरतपुर-११ जुट्याे ५०० वेड क्षमता सम्मकाे क्वारेन्टाइन निर्माणमा

चितवन समाचार डटकम, ११ जेठ ।भरतपुर महानगरपालिका वडा नम्वर ११ ले काेभिड-१९ लाई मध्यनजर गरि वडा भित्र ५०० जना सम्मलाई क्वारेन्टाइनमा राख्ने याेजना सहित क्वारेन्टाइन स्थल निमार्ण थालेकाे छ ।

साेहि अनुरुप स्थानीय कमलादेवि मन्दिर परिसरमा १६ बेडकाे क्वारेन्टाइन स्थल तयार गरिएको वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयाे । अब अन्य बेडहरु स्थानीय बिद्यालयहरुमा तयार गर्ने कार्य अारम्भ गरिने अधिकारीले बताउनुभयाे ।
वडामा तयार भएको क्वारेन्टाइन स्थलकाे प्रतिनिधि सभा सदस्य कृष्णभक्त पाेखरेल, प्रदेश सभा सदस्य बिजय सुवेदीले स्थलगत निरिक्षण समेत गर्नुभएको छ ।


क्वारेन्टाइन स्थल निर्माणकालागि नेकपा, नेपाली काङ्ग्रेसका वडाका अगुवा नेता कार्यकर्ता, सामाजिक संस्थाका अगुवा, युवा ,बिद्यार्थी जुटेका छन् ।

क्वारेन्टाइन प्रयाेजनकालागि दु:खकाे साथी नामक संस्थाका प्रतिनिधि देविका कुवरले अाज १००० थान कपडाको मास्क वडाध्यक्ष अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

नेपाल पाेलिटेक्निक कलेका बिद्यार्थीले सेनिटाईजर बनाएर सहयोग गरेका छन् ।

वडाका दलका प्रतिनिधिहरु, २८ वटा टाेल सुधारका प्रतिनिधि सहितले छलफल गरि क्वारेन्टाइन तिव्र रुपमा बिस्तार गर्ने निर्णय भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे । भारत लगायत अन्य मुलुकहरुबाट अाएकाकाे पहिचान गरि क्वारेन्टाइनमा पुर्याउने सहजिकरण गर्न युवा टाेलि बनायर परिचालन थालिएको उहाले जानकारी दिनुभयाे । काेेभिड -१९ काे राेकथाममा सहयोग पुर्‍याउन अधिकारीले समस्त वडाबासिलाई अाह्वान समेत गर्नुभएको छ ।

शेयर गरौ

ताजा अपडेट