नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ८४ पुग्याे

१० जेठ, काठमाडौं ।
नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेका २७ जना, वैतडीका ४ जना, झापाका १ जना, वर्दियाका १ जना र सुर्खेतका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट