चितवन समाचारडटकम, १० जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाज बिहान गरेकाे अद्यावधिक अनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय ४८ पुगेकाे छ ।
थप ३२ जना नयाँ संक्रमित भएको बिबरणमा उल्लेख छ । जस्मध्य भरतपुर महानगरपालिका वडा नम्वर ६ का ५२ बर्षिय पुरुष पनि रहेका छन् ।
साेहि वडाका दुई जनामा यसअघि नै संक्रमण देखिएको थियाे । अाज थप भएका अन्य संक्रमितहरु कपिलवस्तुका ८ जना, सर्लाहीका १३, बाराका १, काठमाडौंका १, रुपन्देहीका ८ जना छन् ।