चितवन ९ जेठ ।
केमिकल तथा मेडिकल सप्लायर्स एशोशिएसन अफ नेपाल(केम्सन) चितवन शाखाले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनलाइ आबश्यक स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । केम्सन चितवनका अध्यक्ष अर्जुन रानाभाटको बिषेष पहलमा कोभिड १९ को महामारीका बेलामा प्रहरीलाइ आबश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो ।
केम्सन चितवनले ८ सय ५० थान हाते स्यानीटाईजर , ८ सय ५० थान निर्मलीकरण गरि पुःन प्रयोग गर्न सकिने ग्लोव्स र ५० थान फेस शिल्ड सहयोग प्रदान गरेको रानाभाटले बताए । सहयोग प्रदान गरिएका उल्लेखित सामानहरुको मुल्य २ लाख ३ सय रहेको छ । महामारीका बेलामा अग्र पंक्तीमा रहेर खट्ने सुरक्षाकर्मीहरुलाई सस्थाले आबश्यक सहयोग प्रदान गरेका अध्यक्ष रानाभाटले बताए । उनले भने,“ ठुलो सहयोग नभएपनि महामारकिा बेलामा प्रहरीलाइृ सहयोग गर्न पाउँदा खुशी लागेको छ ।” उनले आगामी दिनमा पनि आबश्यक सहयोग प्रदान गर्दे जाने बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा केम्सनका पदाधिकारी , व्यवसायी गोपाल गौतम , बीसहजार जेसीज भरतपुरका अध्यक्ष रेशम शमाृ पौडेल लगायतको सहभागिता रहेको थियो ।
