चितवन समाचारडटकम, जेठ ९ ।
चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पाेखरेलकाे समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय चितवनलाई प्राप्त स्वास्थ्य सामग्रीहरु आज हस्तान्तरण गरिएको छ । स्वास्थ्य मन्त्रालय संग बिशेष माग गरि सामग्री ल्याईएकाे सांसद पाेखरेलले जानकारी दिनुभयो । उहाँले कार्यालयका प्रशासकीय अधिकृत शिव पाैडेललाई सामाग्री हस्तान्तरण गर्नुुुुुुुभएकाे हाे । चितवनका लागि विशेष माग गरि आरडिटि परिक्षण कीट २०० थान,भिटिएम ३०० वटा, पीपीई ५० थान, थर्मल गन ४ थान, १०० थान एन ९५ मास्क, पन्जा, सेनिटाइजर,जस्ता स्वास्थ सामाग्रीहरू ल्याई हस्तान्तरण गरिएकाे सांंसद पाेखरेलले जानकारी दिनुभयो । साे क्रममा पाेखरेलले चितवनमा पनि थप दुई जनामा संक्रमण देखिएको र विदेशवाट नेपालीहरू आउने क्रम रहिरहेकाले अवको केहि दिन अत्यन्त्यै सतर्कताका साथ घरमा नै वसेर कोरना विरूद्दको अभियानमा सहयोग पुर्याउन सबैमा अपिल समेत गर्नुभयाे ।
