अनावश्यक रुपमा घरबाहिर ननिस्कन भरतपुर महानगरकाे अपिल

चितवन, ९ जेठ ।
भरतपुर महानगरले छिमेकी मुलुक भारत लगायत अन्य जिल्लाबाट आउने भरतपुरका नागरिकलाई वडास्तरमा तयार गरिएका क्वारेन्टिनमा बस्न अाग्रह गरेकाे छ।
महानगरका मेयर रेनु दाहालले आज एक अपिल जारि गर्दै भारतबाट आउने व्यक्तिहरुमा काेराेनाकाे संक्रमण देखिन थालेकाेले आफै सजग भइ स्थानीय क्वारेन्टिनमा बस्न अाग्रह गर्नुभएको हाे। अपिलमा भनिएकाे छ,”महानगरभित्र हरेक वडामा न्युनतम १० वेडकाे क्वारेन्टिन स्थापना भइसकेकाले बिदेश तथा जिल्लाबाहिरबाट अाउनु भएको सम्पुर्ण महानुभावहरु वडामा स्थापना भएका क्वारेन्टिनहरुमा बसि आफु र समाजप्रतिकाे दायित्व पूरा गर्नुहुन हार्दिक अपिल गर्दछु । “भारतबाट अाएका भरतपुर वडा नं ६ का दुई जनामा काेराेना संक्रमण पुष्टि भएकोले नगरबासिलाइ अनावश्यक रुपमा घरबाहिर ननिस्कन पनि अपिल गरिएको छ। राेकथामकाे लागि सचेतना,राेकथामकाे उपायकाे अवलम्वन र प्रभावकारि उपचारका बिधिहरु अवलम्वन गर्न सम्वन्धित सवैलाइ मेयर दाहालले अाग्रह समेत गर्नुभएको छ।

शेयर गरौ

ताजा अपडेट