राप्ती नगरपालिकाको २ नम्बर वडामा सुत्केरी महिलालाई भत्ता विरण

चितवन ९ जेठ । राप्ती नगरपालिका वडा न २ मा सुत्केरी भत्ता वितरण गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट २३ जना सुत्केरीलाई भत्ता वितरण गरिएको हो ।
सुत्केरी महिलालाई पौस्टिक आहार खानको लागि र पोषण युक्त खानाको लागि भत्ता वितरण गरिएको वडा न २ अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिनुभयो । शुक्रबार वडा भरीका २३ जनालाई २५०० का दरले ५७ हजार पाँचसय रुपियाँ वितरण गरिएको थियो । प्रत्येक वर्ष सुत्केरी महिलालाई भत्ता आएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । कार्यक्रममा राप्ती न पा वडा सचीव सुवास कुवर, कर्मचारी ललिता तिमल्सिना, शिव सिलवाल, निर्देशन त्रिपाठीलगायत सहभागी रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट