नेपालले एकतर्फी रुपमा जारी गरेको नक्सा मान्य छैन : भारत

 

काठमाण्डौं ८ जेठ । नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै भारतले त्यो आफूलाई मान्य नहुने जनाएको छ।

बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साबारे प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाएका छन्।

उनले नेपालले आज एक संशोधित नक्सा सार्वजनिक गरेको छ । जसमा केही भारतीय भूमि पनि समेटिएको छ । यो एकतर्फी कदम हो र यो ऐतिहासिक तत्थ्य र प्रमाणमा आधारित पनि नभएको दाबी गरेका छन्।

प्रवक्ता श्रीवास्तवले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेको उल्लेख गरेका छन्। उनले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताए।

प्रवक्ता श्रीवास्तवले नेपालले दुईपक्षीय वार्ताका लागि वातारवण बनाउने विश्वास पनि व्यक्त गरेका छन्।

शेयर गरौ

ताजा अपडेट