लकडाउनमा थुनिएको चुनौतिभित्र प्रारम्भिक बालविकासको अवसर

सरिता खनाल । 
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणजन्य कोविड—१९ रोगको भयका कारण संसारभरका विद्यालयलगायतका अधिकांस शैक्षिक संस्थाहरू बन्द हुँदा असङख्य बालबालिका विद्यालय जानबाट वञ्चित बनेको अवस्था छ ।
नेपाल पनि कोरोनाको संक्रमण फैलिन नदिन लगभग दुईमहिनादेखि वन्दावन्दी (लकडाउन)को अवस्थामा रहेको छ । सबै निजी एवम् सार्वजनिक विद्यालयहरू बन्द रहेका छन् ।

लकडाउन कहिलेसम्म लम्बिन्छ भन्न सक्ने अवस्था छैन । लकडाउन केही खुकुलो भएता पनि विद्यालय खुल्न केही समय अवश्य लाग्छ । त्यसैले हाम्रा बालबालिकाका लागि यो समय दिक्क लाग्दो बन्दै गइरहेको छ । साथसाथै बालबालिका बढी समय मोबाइल तथा विभिन्न ग्याजेटमा समय व्यतीत गरिरहेको अवस्था छ । अभिभावकहरूलाई आफ्ना बाबु नानीहरूलाई व्यस्त बनाउन साह्रै गाह्रो परिरहेको अवस्था छ । सहर तथा सुविधाहरूको पहुँचमा रहनु भएका अभिभावकहरूले आफ्ना बालबालिकालाई अनलाइन वा यस्तै प्रकारको दूर शिक्षा प्रविधिको कक्षामा संलग्न गराइरहनु भएको पाइएको छ ।


तथापि प्राथमिक तहदेखि माथिका विद्यार्थीको हकमा यसले केही सहजता ल्याएको देखिएता पनि यस अवस्थामा पूर्व प्राथमिक (अर्थात् प्रि—प्राईमरी) तहका बालबालिकामा भने त्यति प्रभावकारी हुन सकेको छैन । यस अवस्थामा पूर्व प्राथमिक तहका बालबालिकाको शैक्षिक तथा सिकाइको अवस्था अन्यौल पूर्ण छ । यस अवस्थामा साना बालबालिकाको मानसपटलबाट भय हटाई घर नै पहिलो विद्यालय तथा अभिभावक नै पहिलो शिक्षकको रूपमा परिणत गरी बालबालिकामा सिक्न, पढ्न, सघाउ एवम् तत्परता जगाइदिऊँ । यस विषम परिस्थितिको चुनौतिलाई अवसरको रूपमा हाम्रा साना बालबालिकाले प्राप्तिको अवसरको रूपमा लिई सर्वाङ्गीण विकासमा सघाउ पु¥याइरहेको छ ।

 


समग्रमा हेर्दा यस लकडाउनको परिस्थिति चुनौतिका रूपमा देखा परे तापनि यस परिसिस्थतिबाट बालबालिकामा सकारात्मक प्रभाव पनि परेका छन्, जसलाई यसरी बुँदागतरूपमा प्रस्तुत गर्न सकिन्छ ।

१) घर नै बालबालिकाको पहिलो विद्यालय हो र हामी अभिभावक नैबालबालिकाको पहिलो शिक्षक तथा शिक्षिका हौं त्यसैले हामी बालबालिकाको साथमा रही दैनिक तालिका बनाई सामान्य जीवन चर्या अनुसार बालबालिकाको विकासमा सघाउ पु¥याऊँ । प्रविधियुक्त समयमा बालबालिकालाई अभिभावकसँगै रही विद्युतीय सञ्जाल जस्तैः यू ट्युब वा जानकारी मूलक भिडियो देखाएर त्यसबाट उमेर अनुसारको लेख्न,पढ्न र परिचत हुने बानीको विकास गराई सहयोग पु¥याऊँ । प्रविधिको  पहुँच  नभएका बालबालिकालाई अभिभावकले आफ्नो घरमा रहेका समानहरूका बारेमा सोध्दै, गन्न लगाउँदै नेपाली अंग्रेजी दुबैमा सामानको नाम भन्न लगाउँदै बालबालिकाको शब्द भण्डार बढाउने, नैतिक एवम् ज्ञानबद्र्धक कथा भन्ने तथा भन्न लगाई बौद्घिक, मानसिक र भावनात्मक विकासमा सहयोग पु¥याउने अवसर प्राप्त गरिरहेका छन् ।

 


२) प्रायः अहिले सबैबालबालिकालाई बिहान निद्रामा नै केही खुवाई गाडी छुट्ने वा ढिला हुने भयो भन्दै आधाभन्दा बढी प्लेटमा नै खाना वा नास्ता छोडेर विद्यालय जानुपर्ने अवस्थाले गर्दा बालबालिकाको विकासमा नै असर परिरहेको परिवेशमा खानपिन समयमा एवम् आरामसँग खाना खान पाइरहेको अवस्था छ । जसले गर्दा शारीरिक, मानसिक, संवेगात्मकलगायत सम्पूर्ण विकास राम्रोसँग हुन पाएको अवस्था छ । यस लकडाउनको अवस्थामा घरमै उपलब्ध रहेका सामग्रीहरूको प्रयोग गरेर बनाइएका खानेकुरा जुन रेष्टुरेण्टको भन्दा स्वच्छ, स्वस्थ र ताजा छन् । त्यस्ता खानेकुरा खान पाइरहेका छन् । आपm्ना अभिभावक कामको व्यस्तताले तथा फेसन स्वरूप आधुनिक जीवनशैली स्वरूप बाहिर रेष्टुरेन्टको खाजा म.म., पिज्जा, चाउमिन, बर्गर, चाउचाउ, बिस्कुट, दालमोठ, समोसा आदिबाट टाढा रही परिवारको सबै सदस्य सहभागी भई विभिन्न प्रकारका स्वच्छ, स्वस्थ्य एवम् ताजा रोटी, चिउरा मकै, भटमास, बारा, हलुवा, चना, जाउलो, दूध, दही, मोही आदि खानेकुरा खान पाइरहेका छन् । जसले गर्दा साना बालबालिकामा सन्तुलित पौष्टिक आहार प्राप्त गरिरहेका छन् ।

३) परिवारका सबै सदस्य व्यस्त रहने हुँदा आधुनिक जीवनशैलीमा बालबालिकाले आफ्नो अभिभावकसँग अमूल्य समय नपाइरहने अवस्थामा हाल अधिकतम समय आफ्ना परिवारको सदस्यसँग रहीमाया, ममता, एवम् रमणीय वातावरणमा बस्न पाइरहेका छन् । जसले गर्दा उपयुक्त वातावरण दिँदा अभिभावकनै साथी पाइरहेका छन् ।

४) बालबालिकामा हाल प्रसस्त पारिवारिक समय हेलमेल एवम् घुलमिलहुने माहोलले गर्दा रमाउने बानी भई सामाजिक व्यवहार सिक्ने मौका पाइरहेका छन् । बालबालिकासँग हेलमेल गर्ने, उनीहरूको भावना बुझ्ने, उनीहरूको कुरा सुन्नेर उनीहरूसँग खेल्ने मौका पाइरहेका छन् ।

५) हाल लकडाउनको अवस्थाले घरभित्रै खेलिने ‘इन डोर गेम’ बिर्सिसकेका बालबालिकाले घरमै आफ्ना परिवारका सदस्यसँग लुडो, क्यारेमवोर्ड, चेस, स्कीपिङ ब्याडमिन्टन,गट्टा आदि खेली रमाउन पाइरहेका छन् । जसले गर्दा बालबालिकालाई शारीरिक रूपमा स्वस्थ राख्न मद्दत गर्छ ।

६) आफ्ना अभिभावकबाट व्यवहारिक ज्ञान एवम् दैनिक जीवन उपयोगी शिक्षा साथै नियमित सरसफाईबाट स्वास्थ्य जीवन प्राप्त गर्ने प्रसस्त अवसर प्राप्त गरेका छन् ।

७) बालबालिकाले किताबी ज्ञानमात्र नभै आत्मनिर्भरताका अभ्यासहरू आफ्नो पारिवारिक वातावरणमा पाइरहेका छन् । सर्वाङ्गीण विकासमा र जिम्मेवारी बोधमा टेवा पुगिरहेको छ । उमेर अनुसारका आफुले सक्ने आफ्ना व्यक्तिगत सरसफाई, सामानको हिफाजत र परिवारमा काममा सघाउ गर्न पाइरहेका छन् ।

८) परिवारमा बसी सामाजिक व्यवहार सिक्ने मौका पाइरहेका छन् । आफ्ना टाढा वा नजिक हुनु भएका आफन्त तथा ईष्टमित्रसँग प्रविधियुक्त समयमा कुराकानी गर्दै पारिवारिक मोह र सम्बन्धमा प्रगाढ भइरहेको छ ।

९) सम्भव भएका बालबालिकाले बगैंचा एवम् करेसाबारीमा फलफूल एवम् तरकारीलाई परिचित एवम् माटोसँग घुलमिल भइरहेका छन् । कसरी रोप्ने, फूल कसरी गोड्ने, बिरुवा कसरी उम्रन्छ भनेर सिक्ने अवसर प्राप्त गरिरहेका छन् ।

१०) बालबालिकामा भएका अन्तरनिहित प्रतिभा, क्षमतामा निखारता ल्याउन अभिभावक आफूपनि सहभागी भई विभिन्न क्रियाकलाप गर्दै चुनौतिलाई अवसरका रूपमा प्राप्त गरिरहेका छन् ।

११) अभिभावक नै बालबालिकाको पहिलो र विश्वासिलो साथीहुन् भन्ने कुराको बोध गरिरहेका छन् ।

१२) बालबालिकालाई अधिकतम् समय दिन नसक्दा उत्पन्न भएका समस्यालाई समाधान गर्ने सुवर्ण अवसर मिलेको छ ।

लेखक एक विद्यालयमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ

शेयर गरौ

ताजा अपडेट