४५ लाख नेपालीलाई स्वदेश फर्काउने सामर्थ्य सरकारसँग छैन

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशमा छरिएर रहेका ४५ लाख हाराहारी नेपालीलाई स्वदेश फर्काउने सामर्थ्य सरकारसँग नभएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आज (मंगलबार) को सरकारको नीति तथा कार्यक्रममा उठका प्रश्नको जवाफ दिने कार्यक्रममा बोल्दै उनले सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउनै नचाहेको भने नभएको बताएका छन् ।

उनले कोरोना संक्रमणले अवस्था असामान्य नबनुन्जेल विदेशमा रहेका नेपाली स्वदेश फर्कने सोंचमा नभएको बताउँदै ४५ लाख हाराहारी नेपालीलाई एकैचोटी स्वदेश फर्काउने कुरा अमेरिकाले नेपालबाट डेढ सय नेपाली फिर्ता लगे जस्तो सहज विषय नभएको बताए ।

उनले भने, ‘हामीसँग सीमित जहाज छन्, यी सीमित जहाजले विदेशका यतिधेरै नेपाली ओसार्ने हो भने कति दिन लाग्छ ? म अहिले हिसाब निकाल्न सक्दिनँ ।’ उनले विदेशमा रहेका नेपालीलाई एकैपल्ट स्वदेश फर्काउँदा क्वारेन्टाइनलगायतका अन्य धेरै अप्ठ्याराहरु रहेको बताउँदै भने, ‘भन्न जति सजिलो छ, व्यवहारिक रुपमा त्यतिकै जटिल छ ।’

उनले थपे, ‘विदेशमा रहेका नेपालीबारे त्यहाँ सरकार र हाम्रा दूतावाससँग कुराकानी भइरहेकै छ । देशभित्र रहेकाहरु र बाहिर रहेकाहरुलाई सुरक्षित राख्ने प्रयास भइरहेको छ ।’

शेयर गरौ

ताजा अपडेट