काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट मिचिएको नेपाली भूमिको सन्दर्भ जाड्दै भारतको प्रतिकचिन्तमाथि टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको वैठकमा आज (मंगलबार) सम्वोधन गर्दै उनले भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न गरेका छन् ।
उनले भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ ।’
उनले ‘सत्मेव जयते’ भारतको चिन्हमुनी लेखिएको भए पनि विश्वास चाहिंँ आफूले गर्ने प्रष्ट पारे । उनले भने, ‘म भारतलाई सोध्नेछु – सिंहमेव जयते कि सत्यमेव जयते ?’ उनले आफूहरु सत्यमेव जयतेमा विश्वास गर्ने भएकाले नेपालका अतिक्रमित भूमि फिर्ता लिन सक्ने उनको भनाइ थियो ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको मंगलबार जवाफ दिंदै प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गर्नुका साथै आफूले भारतलाई उक्त प्रश्न गर्ने जानकारी गराएका छन् ।
उनले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्साले पाठ्यपुस्तकदेखि लिएर धेरै कुरामा परिवर्तन ल्याउने जिकिर गरे । मानचित्रमा एक खालको परिवर्तन ल्याएको र अरु धेरै कुरामा विस्तारै परिवर्तन आउँदै जाने उनको भनाइ छ । तर उनले यो प्रक्रिया एकदम सजिलो भने नहुने बताएका छन् ।