चितवन,५ जेठ ।
नेपाली कांग्रेस चितवनका युवा नेता प्रेम शर्मा पाठकको सोमबार निधन भएको छ । लामो समयदेखि चितवन मेडिकल कलेजमा आन्द्रा सम्बन्धी रोगको उपचार गर्दे आएका पाठकको सोमबार मध्यान्ह निधन भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ का निर्वाचित जनप्रतिनिधी समेत रहेका पाठक बि.स. २०४६ सालको जनआन्दोलन र बि.स. २०६२÷६३ को जनआन्दोलनमा सक्रिय सहभागी थिए ।
जनआन्दोलन ताका पटक पटक गिरफ्तार भएर जेल समेत भोगेका पाठक नेपाल तरुण दल चितवनका पुर्व सचिव र नेपाली काँग्रेस भरतपुर महानगरपालिका समितिका पुर्व सचिव समेत हुन् ।
बिंस. २०२० साल पौष ७ गते जन्मनुभएका पाठकका दुई छोरा र एक श्रीमती हुनुहुन्छ ।
पाठकको निधनले नेपाली काँग्रेसलाइ अपुरणीय क्षती पुगेको काँग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । जोशीले भने,“पाठक एकदमै जुझारु योद्धा हुन् , उनको लोकतन्त्रप्रतिको निष्ठालाइ म सम्मान गर्छु । ” उनले निधनले सिङ्गो नेपाली काँग्रेस स्तव्ध भएको भन्दै जोशीले उनको निधनबाट पार्टीले एक कर्मठ र जुझारु कार्यकर्ता गुमाएको बताए ।