नेपालमा काेराेना संक्रमित ३०४ पुगे, आज नाैजनामा पुष्टि

काठमाडौं ,५ जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ९ जनामा कोरोना संक्रमण भएको छ । आज बिहान ८:४५ बजे हालै मन्त्रालले जारी गरेको अद्यावधिकमा ९ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । उनीहरू सबै रौतहटका विभिन्न गाउँपालिका तथा नगरपालिकाका रहेका छन् । रौतहटको इसनाथ नगरपालिका–२, ३, ६ र ९ नम्बर वडामा २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष छन् । त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला छिन् । बाराको करैयामाई ५ नम्बर वडाका ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण देखिएको छ ।प्रदेश १ को धनकुटा र विराटनगरमा हिजो साँझ ३ जनामा कोरोना देखिएको थियो ।

शेयर गरौ

ताजा अपडेट