कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण : अब नेपालमा २७६

 

काठमाडौं ३ जेठ। नेपालमा फेरि कोरानो भाइरस (कोभिड १९) का ३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ । आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवन घर भइ काठमाण्डौं बस्दै आएकी महिला सहित ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।

शेयर गरौ

ताजा अपडेट