चितवन घर भएकी महिला काठमाडौमा कोरोना संक्रमण

चितवन ३ जेठ। चितवनमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज शनिबार गरिएको परिक्षणमा चितवन गडंयौली–१ का २५ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वासथ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अघि चितवनमा २ जनामा संक्रमण देखिएको थियो । तर उनीहरु उपचार पछि निको भएर घर फर्किसकेका छन् । चितवनका १ महिला सहित आज ६ जनामा शनिबार संक्रमण पुष्टि भएको हो ।

चितवन घर भएकी ती महिला काठमाडौमा नै बसोबास गर्दै आएकी हुन । उनको घर भएको ठाउमा अहिले कुनैमा पनि कोरोना नभएको पाइएको छ ।

शेयर गरौ

ताजा अपडेट