थप नौं जनामा कोरोना संक्रमण : अब २५८ पुग्यो

काठमाडौं, २ जेठ । आज (शुक्रबार) बाँके र मकवानपुरमा थप नौं जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो संख्या थप भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नम्बर वडाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट