काठमाडौं, १ जेठ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा धमाधम कोरोना संक्रमितको संख्या बढ्न थालेपछि राजधानी सहित जिल्ला भित्रको सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।
काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले भोलि शुक्रबार देखि लकडाउनलाई कडा बनाउने भएको हो ।
आवागमन रोक्नकै लागि गृह मन्त्रालयले जिल्लाभित्र सवारी चलाउन दिइने पास समेत रद्द गर्ने निर्णय गरेको छ । जिल्लामा पास दिनुपर्दा प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्ने निर्देशन गृहले दिएको हो ।
काठमाडौंमा लकडाउन नै नरहेको भन्दै प्रधानमन्त्रीले कडा गर्न आदेश दिए लगत्तै गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुख र नागरपालिकाका मेयरहरुलाई कडा पार्न निर्देशन दिएको हो । नेपालमा बिहीबार अपराह्नसम्म २४६ जनामा कोरोना संक्रमण भएको छ ।