चितवन, १ जेठ । स्थापना दिवसको अवसरमा अनेरास्ववियू र राष्ट्रिय युवा संघ चितवनले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको छ ।
बन्दाबन्दीको कारण रगतको अभाव भएको भन्दै संगठनले रक्तदानको अभियान चलाएका थिए । सोही अभियानको अन्तिम आज पूर्वी चितवनमा रक्तदान कार्यक्रम गरी सम्पन्न गरेको छ । अभियानका क्रममा कुल ८५५ जनाले रक्तदान गरेको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिनु भयो ।
दिवसकै अवसरमा आठ स्थानमा रक्तदान गरिएको थियो । जसअनुरुप भरतपुर–१ रामनगरमा गरिएको कार्यक्रममा ८१ जना, भरतपुर–१० मा ६१, भरतपुर–११ मा ८७ जना, भरतपुर–१२ मा ८१ जना, भरतपुर–२४ मा १२५ जना, रत्ननगर नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा १९३ जना र आज जनआर्दश बहुमुखी क्याम्पस वीरेन्द्रनगरमा गरिएको कार्यक्रममा १२८ जनाले रक्तदान गरेको संयोजक आचार्यले जानकारी दिनु भयो ।
