कलकत्ताबाट नवलपुर आएका पुरुषमा कोरोना : भरतपुरको आइसोलेसनमा भर्ना

चितवन,१  जेठ  । आज कोरोना भाइरस संक्रमण पुष्टि भएका देवचुली नगरपालिका–१२ का व्यक्क्ती भारतको कलकत्ताबाट आएको खुलेको छ ।

बर्दघाट पुर्व नवलपुरका ४९ वर्षीय पुरुष भारतको कलकत्ताबाट आएको खुलेको छ । रक्सौल हुँदै वैशाख ३० राती भरतपुर आइपुगेका थिए ।

उनको हिजो (बुधबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको थियो । कोरोना पोजिटिभ आएपछि उनलाई अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । उनको अवस्था सामान्य रहेको  भरतपुर अस्पतालका मेडिकल सुरिटेण्डेण्ट डा.श्रीराम तिवारीले जानकारी दिनु भयो ।

ती पुरुष घर नगई सिधै कोरोना अस्पतालमा परीक्षण गर्न पुगेका थिए । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले ती पुरुषले घरमा समेत आफूले परीक्षण नगराई नआउने बताएको जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट