चितवन ३१ वैशाख । नेकपाको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु जन आदर्श बहुमुखी क्याम्पस कमिटीले सयुक्त रुपमा एक बिज्ञप्प्ति जारी गर्दै बिहिवार हुने रक्त्दान कार्यक्रमको बिरोध गरेको छ ।
बुधबार एक बिज्ञप्प्ति जारी गर्दै अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष जयराम गोतामे र अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष जयराम बास्कोटा द्वारा सार्बजनिक प्रेस बिज्ञप्प्तिमा बिरोध गरेको जनाइएको छ । जिल्ला संयोजकले मनोमानी एकलौटी गुट गरेको र सोही क्याम्पसमा कार्यक्रम गरिरहदा सोही कमिटीलाई कुनै जानकारी नगराइएको भन्दै बिरोध जनाएका हुन ।
बिहिवार हुने कार्यक्रम सोही क्याम्पसमा रहेको र सोही क्याम्पस कोरोना प्रभावित क्षेत्र राप्ती ७ मा रहेको हुदा सम्भाविद आइपर्ने जोखिम संयोजक र क्याम्पस प्रशासनले लिनुपर्ने अध्यक्ष द्वय द्वारा जारी बिज्ञप्प्तिमा जनाइएको छ । क्याम्पस कमिटी सग समन्वय नगरी कार्यक्रम स्थान उपलब्ध गराइए आगामी दिनमा सशक्त आन्दोलन गर्ने समेत चेतावनी क्याम्पस कमिटीले प्रशासनलाई दिएको छ ।