चितवन,बैशाख ३१ । भरतपुर महानगरका नेकपा सम्वद्द वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले महानगरका सवै काम र अाइपर्ने समस्याकाे समाधान सहमति र सहकार्यवाट गर्नुपर्ने अाग्रह गरेका छन्। उपमेयर र कांगेसवाट निर्वाचित वडाअध्यक्षहरु काेराेना अस्पतालकाे विषयलाई लिएर अान्दाेलन गरिरहेकाे समयमा सवै विषयकाे समाधान अान्दाेलनवाट नभइ सहमति र सहकार्यवाट गर्न माग गरेका हुन्। महानगरका प्रवक्ता सहित नेकपावाट विजेता वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले जारि गरेकाे विज्ञप्तिमा महानगरबासीहरुलाई जोगाउन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा प्रमुख राजनीतिक दलहरु, निजी क्षेत्र लगायत सरोकारवालाहरु समेतको सहभागितामा कोरोना नियन्त्रण कार्यदल गठन गरी ७२ घण्टाभित्र भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल चैत ७ गते र भरतपुर कोरोना परीक्षण प्रयोगशाला स्थापना भई चैत २३ गतेदेखि सेवा प्रवाह गरिरहदा संचारका माध्यममा अाएका सिसिटिभि फुटेजप्रति यसअघि नै महानगरकाे ध्यानाकर्षण भइ कानुनी प्रकृयामा रहेकाेले महानगरकै उपमेयर केही वडा अध्यक्षले गरेकाे अान्दाेलनप्रति ध्यानाकर्षण भएको जनाइएकाे छ।
हाल उक्त मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र चितवन जिल्ला प्रशासन कार्यालयमा छानबिनको प्रक्रियामा रहेको अवस्थामा नेपाली कांग्रेससम्बद्ध भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरू, उप–प्रमुख लगायत वडा अध्यक्षहरूले यस घटनालाई लिएर सडकमा नाराबाजी गर्ने, ज्ञापनपत्र बुझाई महानगरपालिकाको कुनैपनि औपचारिक कार्यक्रममा सहभागी नहुनेसम्मका भाषा प्रयोग गर्नु गरी मिति २०७७ वैशाख २९ गते मंगलबार प्रकाशित विज्ञप्तिप्रति निन्दा समेत व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएकाे छ -‘ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उप–प्रमुख पार्वती शाह ठकुरीकै नेतृत्वमा रहेको न्यायिक समिति तथा अनुगमन समितिले यथासक्य छिटो उक्त घटनाको छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउन समेत हामी जोडदार माग गर्दछौं ।” साथै
न्यायिक निरूपणको प्रक्रियामा रहेको घटनालाई अतिरन्जित नगरी महानगरपालिकाको समग्र विकास र वार्षिक कार्यक्रमलाई सहजता प्रदान गर्नुका साथै महानगरपालिकाका सम्पूर्ण गतिविधिमा अवरोध नगरी आइपरेका समस्याहरू कार्यपालिकाकै बैठकमा दफावार छलफल गरी निचोडमा पुग्न आह्वान समेत विज्ञप्तिमा गरिएकाे छ।
बिज्ञप्ति जारि गर्ने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु”
वडा अध्यक्षहरुः
वडा नं. ५ का अध्यक्ष श्री पदमपाणी सुवेदी
वडा नं. १२ का अध्यक्ष श्री नरेन्द्र कुमार कन्दङवा
वडा नं. २२ का अध्यक्ष श्री विष्णुराज महतो
वडा नं. २५ का अध्यक्ष श्री विजय भुजेल
वडा नं. १३ का अध्यक्ष श्री प्रकाश दवाडी
वडा नं. २ का अध्यक्ष श्री पूर्णबहादुर श्रेष्ठ
वडा नं. ४ का अध्यक्ष श्री हरीप्रसाद आचार्य
वडा नं. ७ का अध्यक्ष श्री राजेन्द्रमणी काफ्ले
वडा नं. ९ का अध्यक्ष श्री यमलाल कडेल
वडा नं. ११ का अध्यक्ष श्री बाबुराम अधिकारी
वडा नं. २३ का अध्यक्ष श्री नरिनारायण पौडेल
वडा नं. २४ का अध्यक्ष श्री कान्छा मल्ल
वडा नं. २६ का अध्यक्ष श्री ज्ञानप्रसाद खनाल
वडा नं. २८ का अध्यक्ष श्री आशबहादुर कुमाल
वडा नं. २९ का अध्यक्ष श्री मनबहादुर रानामगर
कार्यपालिका सदस्यहरुः
श्री चक्र रुचाल
श्री टेकलाल विश्वकर्मा
श्री मनबहादुर विश्वकर्मा
श्री धनकुमारी वि.क.
श्री विना गुरुङ
श्री पार्वती वि.क.
अरुण पीडित भण्डारी
प्रवक्ता
भरतपुर महानगरपालिका
मितिः २०७७ बैशाख ३१ गते