चितवन समाचार डटकम, ३० बैशाख ।
कानुन न्याय तथा मानवअधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पाेखरेलले नेपाल र भारतकाे सिमामा तारबार लगाउन प्रस्ताव गर्नुभएको छ ।
प्रतिनिधि सभाकाे मङ्गलवारकाे बैठकमा अाफ्नाे धारणा राख्दै सांसद पाेखरेलले नेपाली भुमि अतिक्रमण गरेर भारतले ठुलाे अन्याय गरेकाे बताउनुभयो ।
एक चिम्टि जमिन नेपाली भुमि अतिक्रमण भएपनि सह्य हुन नसक्ने उहाले स्पष्ट पार्नुभयाे । सिमामा तारबार लगाअाैं,त्यसका लागि अाफुले पाउने सबै तलव सुबिधा याेगदान गर्न तयार छु , उहाँले भन्नुभयो । काेराेना महामारी राेकथाममा थप प्रभावकारि कदम चाल्न उहाँलेे सरकारकाे ध्यानाकर्षण गर्नुभयाे । सांसद पाेखरेलले संसदमा राख्नुभएको धारणा तल भिडियोमा हेराै ।